एजेन्सी । इंग्लिस क्लब वाटफोर्डले डिफेन्डर ड्यानी रोजलाई अनुबन्धित गरेको छ ।
वाटफोर्डले बुधबार ड्यानीलाई अनुबन्धन गरिएको जनाएको छ ।
इंग्ल्यान्डका डिफेन्डर ड्यानीले वाटफोर्डसँग दुई वर्षको सम्झौता गरेका छन् ।
उनी फ्री ट्रान्सफरमा वाटफोर्ड आएका हुन् ।
३० वर्षीय लेफ्ट ब्याकको जुलाई १ बाट टोटेनहमसँगको सम्झौता सकिएको थियो ।
ड्यानीले गत सिजन न्युकासलबाट लोनमा खेलेका थिए ।
उनले यस अघि २००९ मा लोनमा वाटफोर्डबाट खेलेका थिए ।
