सोमबार, २८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

आर्चरीले ओलम्पिक छनोट गुमाउने

मंगलबार, ०१ असार २०७८दिपेश तिमल्सिना
आर्चरीले ओलम्पिक छनोट गुमाउने
Loading ad...
mustang rice ad

काठमाडौं । ‘तिमी खेल, हामी हेर्छौ । जिते संघको नाम, हारे खेलाडी बदनाम ।’ प्रस्तुत भनाई नेपाली खेलकुदको नियती हो ।

खेलाडीको जितमा सम्बन्धित संघ श्रेय लिन खोज्छ । तर, हारको पुरै दोष भनौं वा खेल्न नपाउँदाको पीडा खेलाडी स्वयमले भोग्छ ।

पछिल्लो समय ओलम्पिक छनोटको तयारीमा रहेका खेलाडी यस्तै समस्याबाट प्रताडित छन् । लामो समयदेखि छनोटको तयारी गरिरहेका खेलाडी अन्तिममा प्रतियोगिता खेल्नबाट बन्चित बनिरहेका छन् ।

नेपालमै रहेर ओलम्पिक छनोटको तयारी गरिहेका खेलाडीलाई सम्बन्धित संघले चासो नदेखाउँदा खेलाडी छनोट खेल्नबाट बन्चित भएका छन् । यसअघि तेक्वान्दो खेलाडीले ओलम्पिक छनोट खेल्ने मौका गुमाईसकेका छन् ।

जोर्डनमा मे २१ देखि २२ सम्म आयोजना भएको ओलम्पिक छनोटमा नेपाली खेलाडीले अन्तिम समयमा प्रतिस्पर्धा गर्नबाट बन्चित भएका थिए ।  बढ्दो कोरोना भाइरस संक्रमणको कारण देखाउँदै संघले छनोट प्रतियोगितामा सहभागिता हुन नसक्ने बताएको थियो । अन्तिम अवस्थामा भारत र नेपालबाट आउनेका लागि जोर्डन सरकारले कम्तीमा दुई साता क्वारेन्टाइनमा अनिवार्य बस्नु पर्ने नियम ल्याएपछि नेपालले सहभागिता जनाउन नसकेको संघका अध्यक्ष प्रकाश शम्सेर राणाले बताएका थिए ।

अहिले आएर आर्चरीका खेलाडी पनि नेपालबाट छनोट खेल गुमाउने पक्का भएको छ । फ्रान्सको पेरिसमा जुन १८ बाट सुरु हुने ओलम्पिक छनोट खेलमा आर्चरीका खेलाडी सहभागी नहुने संघका अध्यक्ष दीपकराज गुरुङले खेलपाटीलाई जानकारी दिए ।

‘हामीले सहभागी सक्ने प्रयास गरिरहेका थियौ । ओलम्पिक कमिटि र राखेपसँग पनि छलफल गरिरहेका थियौ । पहिला फ्रान्समा एक साता क्वारेन्टाइनमा बस्नु पर्ने भन्ने थियो ।’ संघका अध्यक्ष गुरुङले भने, ‘अहिले आएर नेपाल, भारत, पाकिस्तान लगायतका केही राष्ट्रलाई दुई साताको क्वारेन्टाइन बस्नु पर्ने भन्ने पत्र आएको छ ।’

संघका अध्यक्ष गुरुङले जुनको पहिलो साता दुई हप्ताका लागि क्वारेन्टाइन बस्नु पर्ने पत्र आएपनि समय छोटो भएका कारण खेलाडीलाई सहभागी गराउन नसकेको बताए ।

पहिलो सातानै आयोजक राष्ट्रले नेपाललाई दुई साता क्वारेन्टाइन बस्नु पर्ने बताएको थियो । संघले पहल गरेको अवस्थामा खेलाडीहरु छनोटमा सहभागी हुन सक्थे । तर संघले कोरोनाको कारण देखाउँदै पहल नगरेको देखिन्छ ।

‘पहिलो कुरा दुई साताको क्वारेन्टाइन भनेपछि क्वारेन्टाइन बस्ने समयनै भएन ।’ अध्यक्ष गुरुङले भने, ‘अर्को कुरा फ्रान्स छिर्नु अघि युरोपको कुनै अन्य राष्ट्रमा १० दिन क्वारेन्टाइन बस्नु पर्ने बताइएको थियो । त्यसका लागि कुनै अर्को राष्ट्र खोज्नु पर्ने थियो । अन्य राष्ट्रले पनि नमानेको खण्डमा हामीसँग कुनै विकल्पनै थिएन ।’

धनुष बाँणले देखाएको जीवन – Online Khabar

आर्थिक समस्याका कारण अर्को राष्ट्रमा क्वारेन्टाइनका लागि पहल गर्नु नसक्नु भएको हो भन्ने प्रश्नमा उनले भने, ‘पहिलो कुरा समय हो । हामीसँग समय थोरै भयो । थोरै समयमा हामीले भिसाका लागि पनि प्रस्ताव गर्नु पर्ने थियो । भिसा पाउने/नपाउने अर्को कुरा हो । त्यसपछि हवाई उडानको कुरा थियो । समय थोरै भएका कारण दुई/तीन दिनको यात्रा गरेर क्वारेन्टाइन सहित छनोट खेल्न सम्भव थिएन ।’

उनले आर्चरीको छनोटका विषयमा नेपाल ओलम्पिक कमिटि (एनओसी)सँग छलफल गरेको बताए । एनओसीसँगको छलफलपछि फ्रान्स नजाने निर्णय गरेको उनले जानकारी दिए । संघका अध्यक्ष गुरुङले खेलाडी १० दिन क्वारेन्टाइन बस्दा लयबाट बाहिरिन सक्ने भएकाले पनि क्वारेन्टाइन बसेर छनोट नखेल्ने निर्णय गरेको बताए ।

‘अहिले खेलाडी उच्च फर्ममा छन् । छनोटमा उनीहरुले आफ्नो राम्रो प्रदर्शन दिन सक्थ्ये । तर १० दिन क्वारेन्टाइनमा बस्दा ‘डल’ हुन सक्ने सम्भावना पनि हुन्छ ।’ उनले भने, ‘बरु यतै प्रशिक्षणमा ठिक होला । हामीले वाइल्ड कार्डका लागि प्रयास गरिरहेका छौ । वाइल्ड कार्ड पाए प्रशिक्षण गरिरहेका खेलाडीका लागि अझ राम्रो हुनेछ ।’

अध्यक्ष गुरुङले जुनको अन्तिमभित्र वाइल्ड कार्डको छिनोफानो भइसक्ने जानकारी दिए । ओलम्पिक छनोटका लागि आर्चरीका ज्ञानु अवाले र तिलक पुन मगरले तयारी गरिरहेका थिए । उनीहरु यतिबेला पोखरामा ओलम्पिक छनोटको तयारीमा रहेका छन् । संघका अध्यक्ष्य गुरुङले वाइल्ड कार्डको छिनोफानो नहुन्जेलसम्म आर्चरीको प्रशिक्षण जारी रहने बताए ।

‘तयारी राम्रै भइरहेको थियो । छनोट खेल हाम्रालागि राम्रो प्रर्दशन गरेर देखाउने अवसर थियो । जुन हामी गुमाउने पक्का भइसकेको छ ।’ ओलम्पिक छनोटको तयारीमा रहेका तिलक पुन मगरले भने, ‘मेहनत गर्दा गर्दै प्रदर्शन देखाउन नपाउनु निकैनै दुखको विषय हो । यसले हामीलाई मात्र पछि धकेलेको हैन, हाम्रो वाइल्ड कार्डको आशालाई पनि कमजोर बनाएको छ ।’

उनले थपे, ‘वाइल्ड कार्डका लागि सन् २०१९ पछिको खेलाडीको प्रदर्शन र स्कोर हेर्छ । हामीले २०१९ पछि एक मात्र अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छौ । जुन बैङ्ककमा भएको एसिया कप कन्टिनेन्ट क्वालिफिकेसन थियो । त्यसमा खासै राम्रो प्रदर्शन पनि हुन सेकेको थिएन । छनोटमा सुधारिएको प्रदर्शन गर्दै कम्तिमा कम स्कोर पुरा गर्ने लक्ष्य थियो । तर छनोटको सपना सकियो ।’

जुलाई २३ देखि अगस्ट ८ सम्म जापानमा हुने ग्रीष्मकालीन ओलम्पिकका लागि हालसम्म सुटिङ, बक्सिङ, जुडो र भारोत्तोलनले मात्रा ओलाम्पिक छनोट खेल खेलेका छन् । केहीले छनोटमा सहभागिता जनाउन सकेनन् भने केही खेलले छनोट नखेल्ने पक्का पक्की जस्तै छ ।

नेपालबाट टोकियो ओलम्पिकमा पौडीका गौरिका सिंह र एलेक्स शाह, एथलेटिक्सका गोपीचन्द्र पार्की र सुटिङकी कल्पना परियारको सहभागिता अहिलेसम्म निश्चित भएको छ ।

पौडी र एथ्लेटिक्सबाट अनिवार्य सहभागीता रहने भएकाले नेपालबाट ओलम्पिक खेल्ने खेलाडीको टुङ्गो लागेको हो । त्यस्तै सुटिङकी कल्पनाले नेपालबाट वाइल्ड कार्ड पाएकी हुन् । उनी टोकीयो ओलम्पिक सन् २०२० का लागि नेपालबाट वाइल्ड कार्ड पाउने पहिलो खेलाडी हुन् ।

ओलम्पिकमा वाइल्ड कार्डमार्फत विश्व भरबाट सुटिङ र जुडोका सर्वाधिक १२ पुरुष र १२ महिला खेलाडीले ओलम्पिक खेल्न पाउनेछन् । सुटिङको वाइल्ड कार्डको टुङ्गो लागि सकेको छ भने जुडोको अझै बाँकी छ ।

त्यस्तै, भारोत्तोलनमा ४ महिला र ४ पुरुष तथा बक्सिङमा ५ पुरुष र ३ महिला खेलाडीले वाइल्ड कार्डबाट सहभागिता जनाउने छन् । तेक्वन्दो, आर्चरी र पहिलोपल्ट ओलम्पिकमा समावेश हुन लागेको कराँतेमा २ पुरुष र २ महिला खेलाडीका लागि लागि कोटा छुट्याएको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आरिफ सहायक हवलदारमा बढुवा

आरिफ सहायक हवलदारमा बढुवा

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
४ अभ्यास सिरिजमा नेपाल अपराजित

४ अभ्यास सिरिजमा नेपाल अपराजित

विश्वकपअघि विलियम्स पनि घाइते

विश्वकपअघि विलियम्स पनि घाइते

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

 कीर्तिमानी उपाधितर्फ पीएसजी

कीर्तिमानी उपाधितर्फ पीएसजी

बार्सिलोनालाई उपाधि, रियलको निराशाजनक सिजन

बार्सिलोनालाई उपाधि, रियलको निराशाजनक सिजन