एजेन्सी । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा अहिले अर्जेन्टिना र चिलीबीच प्रतिस्पर्धा भईरहेको छ ।
ब्राजिलको ओलम्पिक निल्टन सान्तोस स्टेडियममा जारी खेलको पहिलो हाफ सकिएको छ । पहिलो हाफको खेल सकिदा अर्जेन्टिनाले १-० गोलको अग्रता बनाएको छ ।
खेलको ३३ औं मिनेटमा कप्तान लियोनल मेस्सीले फ्रिकिकमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका हुन् ।
चिलीका एरिक पुल्गरले पेनाल्टी क्षेत्र भन्दा केहि बाहिर जियोभानी लो सेल्सोलाई फाउल गरेपछि अर्जेन्टिनाले फ्रिकिक पाएको थियो । जसमा मेस्सीले टप कर्नरमा उत्कृष्ट गोल गरे ।
आज दुबै टिम जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा रहेका छन् ।
