एजेन्सी । स्लोभाकियाले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ ।
सोमबार राति १० खेलाडीमा समेटिएको पोल्याण्डलाई २-१ गोल अन्तरले पराजित गर्दै स्लोभाकियाले सुखद सुरुवात गरेको हो ।
रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा खेलको १८ औं मिनेटमा पोल्याण्डका गोलकिपर वजचिएक सेचेज्नीको आत्मघाती गोलबाट स्लोभाकियाले अग्रता बनाएको हो ।
स्लोभाकियाका रोबर्ट माकले प्रहार गरेको बल पोस्टमा लागेर फर्कदै गोलकिपर वजचिएकलाई लाग्दै गोलमा परिणत भएको थियो ।
तर, खेलको ४६ औं मिनेटमा कारोल लिन्टीले गोल गर्दै पोल्याण्डलाई १-१ गोलको बराबरीमा फर्काए ।

६२ औं मिनेटमा पोल्याण्ड १० खेलाडीमा समेटियो । पोल्याण्डका मिडफिल्डर ग्रेगोर्ज क्रिचोवियकले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।
त्यसपछि खेलको ६९ औं मिनेटमा मिलान स्क्रिनरले गोल गर्दै स्लोभाकियालाई २-१ को जित दिलाए ।

यस जितसँगै समूह 'इ’ को स्लोभाकियाले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।
पोल्याण्ड समूहको शीर्ष स्थानमा रहेको छ । हारबाट प्रतियोगिताको सुरुवात गरेको पोल्याण्ड पुछारमा रहेको छ ।

