एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत अहिले पोल्याण्ड र स्लोभाकियाबीच प्रतिस्पर्धा भईरहेको छ ।
रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा जारी खेलको पहिलो हाफमा स्लोभाकियाले अग्रता बनाएको छ ।
खेलको १८ औं मिनेटमा पोल्याण्डका गोलकिपर वजचिएक सेचेज्नीको आत्मघाती गोलबाट स्लोभाकियाले अग्रता बनाएको हो ।
स्लोभाकियाका रोबर्ट माकले प्रहार गरेको बल पोस्टमा लागेर फर्कदै गोलकिपर वजचिएकलाई लाग्दै गोलमा परिणत भएको थियो ।
समूह 'इ’ मा रहेको पोल्याण्ड र स्लोभाकिया आज टिम जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ ।

