टेस्ट च्याम्पियनसिपको विजेताले १.६ मिलियन पाउने
सोमबार, जेठ ३१, २०७८खेलपाटी संवाददाता
एजेन्सी । आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको विजेताले १.६ मिलियन अमेरिकी डलर पुरस्कार पाउने भएका छन् ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सोमबार टेस्ट च्याम्पियनसिपको विजेताले पाउने पुरस्कारको घोषणा गरेको हो ।
यस्तै उपविजेता टोलीले ८००,००० अमेरिकी डलर पाउने जनाएको छ । आईसीसीले दुई टिमले पाउने पुरस्कार राशि २.४ मिलियन अमेरिकी डलर रहेको जनाएको छ ।
टेस्ट च्याम्पियनसिपको फाइनलमा भारत र न्युजिल्याण्ड भिड्ने छन् ।
साउथह्याम्पटनमा हुने फाइनल जुन १८ देखि २२ सम्म हुने तालिका रहेको छ ।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
-1762302250964.webp&w=3840&q=75)

