एजेन्सी । ब्राजिलमा जारी कोपा अमेरिका फुटबल अन्तर्गत आज राति समूह 'ए' मा रहेको अर्जेन्टिना र चिलीबीच प्रतिस्पर्धा हुँदैछ ।
उपाधि दाबेदार अर्जेन्टिना र चिलीबीचको खेल राति २:४५ बजे सुरु हुनेछ ।
ओलम्पिक निल्टन सान्तोस स्टेडियममा मैदान उत्रदा दुबै टिम जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा हुने छन् । त्यसैले दुई टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
यस अघि आइतबार राति भएको उद्घाटन खेलमा ब्राजिलले जित निकालेको थियो । ब्राजिलले भेनेजुएलालाई ३-० ले हराएको थियो ।
अर्जेन्टिना र चिलीबीच पछिल्लो समय दुई साता अघि प्रतिस्पर्धा भएको थियो । विश्वकप छनोट अन्तर्गत जुन ४ मा भएको खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।
चिलीविरुद्ध अर्जेन्टिनाको मुख्य हतियार कप्तान लियोनल मेस्सी हुने छन् । चिलीले एलेक्सिस सान्चेजलाई अघि सार्ने छ ।
कोपा अमेरिका अन्तर्गत नै दोस्रो खेलमा पाराग्वे र बोलाभियाबीच खेल हुनेछ । पराग्वे र बोलाभियाबीचको खेल बिहान ५:४५ बजे सुरु हुनेछ ।