एजेन्सी । पोर्चुगलका डिफेन्डर जोआ कान्सेलोले युरोकप फुटबल गुमाउने भएका छन् ।
कोरोना भाईरसको संक्रमण देखिएपछि कान्सेलोले युरो गुमाउने भएका हुन् ।
पोर्चुगल फुटबलले आइतबार कान्सेलोलाई टिमबाट बाहिर राखिएको जनाएको छ ।
पोर्चुगलले उनको स्थानमा डिएगो डालोटलाई टिममा बोलाएको छ ।
म्यानचेस्टर सिटीका सेन्टर ब्याक कान्सेलोले इजरायलविरुद्धको मैत्रीपूर्ण खेलमा गोल गरेका थिए ।
पोर्चुगलले मंगलबार हंगेरीसँग खेल्दै युरोको सुरुवात गर्ने छ ।