सोमबार, २६ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

इंग्ल्यान्डविरुद्ध क्रोएसिया : प्लेयर्स टु वाच

आइतबार, ३० जेठ २०७८खेलपाटी संवाददाता
इंग्ल्यान्डविरुद्ध क्रोएसिया : प्लेयर्स टु वाच
mustang rice ad

एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा आज (आइतबार) इंग्ल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ ।

युरोपका दुई ठुला टिम इंग्ल्यान्ड र क्रोएसिया लण्डनस्थित वेम्बली स्टेडियममा प्रतिस्पर्धा गर्ने छन् । घरेलु टिम र क्रोएसियाबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।

समूह 'डी’ मा रहेको इंग्ल्यान्ड र क्रोएसिया जित निकाल्दै सुखद सुरुवात गर्ने योजनामा हुनेछन् । दुबै टिमलाई फाइनल पुग्ने टिमको रुपमा हेरिएको छ ।

यस खेलको प्लेयर्स टु वाचमा इभान पेरिसिच र रहिम स्ट्रर्लिङ रहेका छन् ।

इभान पेरिसिच (क्रोएसिया)

विंगर पेरिसिच अन्तराष्ट्रिय फुटबलमा चर्चित नाम हो । सन् २०१८ विश्वकपमा क्रोएसिया उपविजेता बन्दा उनको महत्वपूर्ण भूमिका रहेको थियो । ३२ वर्षीय इभानले सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध गोल र गोलका लागि पास समेत उपलब्ध गराएका थिए ।

इभान इटालियन क्लब इन्टर मिलानसँग अनुबन्धित छन् । तर, पछिल्लो सिजन भने लोनमा जर्मन च्याम्पियन बायर्न म्युनिखबाट खेलेका थिए  । इभानसँग उमेर समूहको यू-१७, १९, २१ सहित राष्ट्रिय टोलीबाट खेलेका अनुभव छ ।

राष्ट्रिय टोलीबाट इभानले १०१ खेलमा २८ गोल गरेका छन् । अनुभवी खेलाडी इभानसँग जर्मन, इटालीको घरेलु लिगमा गरेको प्रदर्शनको उच्च स्तरको अनुभव रहेको छ ।

रहिम स्ट्रर्लिङ (इंग्ल्यान्ड)

इंग्लिस क्लब म्यानचेस्टर सिटीका अट्याकिङ मिडफिल्डर रहिम स्टर्लिङ विश्वकप उपविजेता क्रोएसियाविरुद्ध  प्रभावकारी बन्न सक्छन् । उमेर समूह होस् या सिनियर टोलीमा स्टर्लिङको प्रदर्शन उत्कृष्ट रहदै आएको छ ।

जमैकामा जन्मिएका स्टर्लिङ त्यसपछि लण्डन सरेका हुन् । क्विन्स पार्क रेन्जर्सबाट फुटबल सुरु गरेका स्टर्लिङ त्यसपछि लिभरपुलमा आबद्द भएका थिए । लिभरपुलमा रहँदा गोल्डेन ब्वाई अवार्ड पाएका स्टर्लिङ त्यसपछि सिटी आएका हुन् । स्टर्लिङ सिटीले तीन पटक प्रिमियर लिगको उपाधि हात पार्दाका महत्वपूर्ण खेलाडी हुन् ।

स्टर्लिङले इंग्ल्यान्डको यू-१६, १७,१९, २१ टिमबाट समेत खेलिसकेका छन् । राष्ट्रिय टोलीबाट ६१ क्याप जितेका स्टर्लिङले १४ गोल गरेका छन् । बल पकड राख्न, पास उपलब्ध गराउन र लामा प्रहार गर्न माहिर स्टर्लिङ क्रोएसियाका लागि टाउको दुखाईको विषय बन्न सक्ने छन् ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

तीन सिजनमै पाल्मरको चार ह्याट्रिक

तीन सिजनमै पाल्मरको चार ह्याट्रिक

आर्मीले चर्च ब्वाइजलाई घर फर्कायो

आर्मीले चर्च ब्वाइजलाई घर फर्कायो

Bajaj Pulsar Motorcycle Ad
डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

इटालीलाई स्कटल्यान्डको विशाल लक्ष्य

इटालीलाई स्कटल्यान्डको विशाल लक्ष्य

तीन सिजनमै पाल्मरको चार ह्याट्रिक

तीन सिजनमै पाल्मरको चार ह्याट्रिक

के नेपालको बलिङ प्रशिक्षक बन्लान् त स्टेन ?

के नेपालको बलिङ प्रशिक्षक बन्लान् त स्टेन ?

आर्मीले चर्च ब्वाइजलाई घर फर्कायो

आर्मीले चर्च ब्वाइजलाई घर फर्कायो

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

‘नेपाली समर्थकले हामीमाथि गर्व गर्नेछ’

‘नेपाली समर्थकले हामीमाथि गर्व गर्नेछ’