एजेन्सी । इंग्लिस क्लब वेस्ट ह्यामका मुख्य प्रशिक्षक डेभिड मोयसले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
मोयसले वेस्ट ह्यामसँग थप ३ वर्ष क्लबमा रहने गरि नयाँ सम्झौता गरेका छन् ।
वेस्ट ह्यामले शनिबार मोयसले क्लबसँग नयाँ सम्झौता गरेको जनाएको छ ।
स्कटिस प्रशिक्षक मोयस सन् २०१९ को डिसेम्बरमा वेस्ट ह्यामको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।
म्यानुएल पेल्लिग्रिनीलाई बर्खास्त गर्दै वेस्ट ह्यामले उनलाई टिम हेर्ने जिम्मेवारी दिएका थिए ।
५८ वर्षीय प्रशिक्षक मोयसले २०१७/१८ को सिजन पनि वेस्ट ह्याम सम्हालेका थिए ।
म्यानचेस्टर युनाईटेडका पूर्व प्रशिक्षक प्रशिक्षक समेत रहेका मोयसले गत सिजन टिमलाई छैटौं स्थानमा उभ्याएका थिए ।