एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा अहिले बेल्जियम र रुसबीच प्रतिस्पर्धा भईरहेको छ ।
सेन्ट पिटर्सवर्गमा जारी खेलको पहिलो हाफ सकिदा बेल्जियमले २-० को अग्रता बनाएको छ ।
खेलको दशौँ मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए ।

गोल गरेपछि लुकाकुले गोल खेल दौरान हृदयघात भएर अस्पताल भर्ना भएका इन्टर मिलानका सहकर्मी तथा डेनमार्कका क्रिस्टियन एरिक्सनलाई समर्पण गरे ।
खेलको ३४ औं मिनेटमा थोमस मुनिरले गोल गर्दै बेल्जियमलाई २-० को अग्रता दिलाएका हुन् ।
आज दुबै टिम जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा रहेका छन् ।
