एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत डेनमार्क र फिनल्याण्डबीच रोकिएको खेल पुन: सुरु भएको छ ।
यूईएफएले दुबै टिमका खेलाडीसँगको छलफलपछि खेल फेरि सुरु गरिएको जनाएको छ ।
अब दुबै टोलीले पहिलो हाफमा ४ मिनेट खेल्नेछ । त्यसपछि पाँच मिनेटको ब्रेकपछि दोस्रो हाफ सुरु हुने यूईएफएले जनाएको छ ।
डेनमार्कको कोपनहेगनमा जारी खेलमा डेनमार्कका क्रिस्टियन एरिक्सन अचेत भएर मैदान ढलेपछि खेल रोकिएको थियो । खेलको ४३ औं मिनेटमा एरिक्सन अचेत भएका थिए ।
युईएफएले एरिक्सनको होस आएको र उनलाई थप उपचारको लागि अस्पताल लगिएको जनाएको छ ।
डेनिस फुटबल एसोसियनले पनि उनलाई थप उपचारको लागि अस्पताल लगिएको जनाएको छ ।
एरिक्सनको स्थानमा माथिस जेनसनलाई मैदान प्रवेश गराईएको छ ।