एजेन्सी । युरोकप फुटबल अन्तर्गत फिनल्याण्डविरुद्धको खेल दौरान अचेत भएर मैदानमा ढलेका डेनमार्कका क्रिस्टियन एरिक्सन होसमा आएका छन् ।
युईएफएले एरिक्सनको होस आएको र उनलाई अस्पताल लगिएको जनाएको छ ।
डेनिस फुटबल एसोसियनले पनि उनलाई थप उपचारको लागि अस्पताल लगिएको जनाएको छ ।
एरिक्सन अचेत भएपछि युईएफएले डेनमार्क र फिनल्याण्डबीच खेल स्थगित गरेको थियो ।
खेलको ४३ औं मिनेटमा एरिक्सन बेहोस भएर मैदानमा ढल्न पुगेका थिए ।
उनलाई मैदानमै सीपीआर दिईएको थियो । उनलाई हृदयघात भएको अनुमान गरिएको छ ।