एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत डेनमार्क र फिनल्याण्डबीच खेल रोकिएको छ ।
युईएफएले चिकित्सा आपतकालको कारण जारी खेल रोकिएको जनाएको छ ।
डेनमार्कको कोपनहेगनमा जारी खेल दौरान डेनमार्कका क्रिस्टियन एरिक्सन अचेत भएर मैदानमा लडेपछि खेल रोकिएको हो ।
खेलको ४३ औं मिनेटमा एरिक्सन बेहोस भएर मैदानमा ढल्न पुगेका थिए ।
उनलाई मैदानमै सीपीआर दिईएको थियो । उनलाई हृदयघात भएको अनुमान गरिएको छ ।
युईएफएले उनको अवस्था स्थिर रहेको र उनलाई अस्पताल लगिएको जनाएको छ ।
खेल गोलरहित बराबरीको अवस्थामा रहेको थियो ।

