• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
ए डिभिजन लिग उपाधि कसको ?
खेलपाटी संवाददाता
शनिबार, असोज १३, २०७५ खेलपाटी संवाददाता
ए डिभिजन लिग उपाधि कसको ?

काठमाडौं । करिब पाँच बर्ष स्थगित भएको ए डिभिजन लिग शनिबार सुरु भएको छ । घरेलु फुटबलको लामो संक्रमण पार गर्दै सुरु भएको प्रतियोगितालाई आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले ‘वार्मअप’ लिगको रुपमा ब्याख्या गरेको छ । अर्थात यसपटकको लिग फुटबलमा कुनै टोली रेलिगेशनमा पर्ने छैनन् ।

लिगको सुन्दरता भनेकै बढुवा अनि घटुवा हो । यसैलाई लिग फुटबलको मर्म मानिन्छ, प्राण ठानिन्छ । तर शनिबार सुरु भएको रेलिगेशनबिनाको ए डिभिजन लिगले कस्तो नतिजा दिने हो, समय पर्खन पर्छ । रेलिगेशन बिनाको लिगले धेरै क्लबलाई भने राहत मिलेको छ । रेलिगेशन नहुने भएपछि धेरै क्लबले पैसा समेत खुलेर खर्च गरेनन् । न राम्रा खेलाडी अनुबन्धनमा जोड गरे ।

प्रतियोगिताको तयारीमा रहेका धेरै क्लबसंग लक्ष्यका बिषयमा प्रश्न गर्दा राम्रो स्थान ल्याउन प्रयास गर्ने बताएका थिए । धेरै क्लबले यसपटकको लिगलाई अर्को बर्ष हुने प्रतियोगिताको तयारीको रुपमा लिएका छन् ।

फुटबल क्लबको ठुलो रकम खेलाडीलाई दिने तलबमा खर्च हुने गर्छ । तर धेरै क्लबले खेलाडी अभावको कारण देखाउदै लिगमा राम्रा खेलाडी अनुबन्धनमा खासै जोड गरेनन् । खर्च गरेनन् ।

तर, घरेलु फुटलबका केही क्लबले लिग जित्ने लक्ष्य सहित तयारीलाई अघि बढाएका थिए । क्लबको लगानी, तयारी र खेलाडी अनुबन्धनका आधारमा पल्सर सहिद स्मारक ए डिभिजन लिगको दोबेदार चार टोली यस्ता छन् ।

सिग्नेचर मनाङ मस्र्याङ्दी क्लब

घरेलु फुटबलको सर्वाधिक सफल र लोकप्रिय क्लब हो मनाङ । खेलाडी अनुबन्धनमा ठुलो धनराशी खर्चिने मनाङ हरेक लिगमा दाबेदारको रुपमा आफुलाई प्रस्तुत गर्ने गर्छ । राष्ट्रिय टिमका धेरै अनुहार क्लबमा राख्न सफल मनाङलाई धेरैले खर्चालु क्लब मान्छन् । सर्वाधिक सात पटक लिग जितेको ईतिहास बनाएको मनाङले यसपटक राष्ट्रिय टिमका खेलाडी सहित उत्कृष्ट विदेशी खेलाडीलाई क्लबमा अनुबन्धन गरेको छ ।

राष्ट्रिय टिमका कप्तान विराज महर्जन सहित विमल बस्नेत, सुजल श्रेष्ठ, विशाल राई, अन्जन विष्ट, हेमन गुरुङ लगायतका खेलाडी भरिएको मनाङले ओलावले अफिज र एडिलाजा जस्ता खतरनाक स्ट्राईकरलाई ल्याएको छ । कमजोर डिफेन्सलाई सुधार गर्न एक अफ्रिकन खेलाडीको खोजिमा रहेको मनाङले दक्षिण एसियाली कोटाबाट एक भारतीय खेलाडीलाई समेत लिगमा उतार्दैछ । मनाङका महासचिव मुखिया लामा भन्छन्, टिम सेट हुन बाँकी छ, तर मनाङको एकमात्र उद्वेश्य भनेको लिग उपाधि जित्नु हो ।

रुस्लान थ्रीस्टार क्लब

घरेलु फुटबलको लोकप्रिय र अर्को सफल क्लब हो, रुस्लान थ्रीस्टार क्लब । ललितपुरको रैथाने क्लब थ्रीस्टार हरेक प्रतियोगिताको उपाधि दाबेदार हो । यस पटकको लिग फुटबलको सबै भन्दा सन्तुलित टिम थ्रीस्टारलाई उपाधिको प्रमुख दाबेदार मानिएको छ । कारण, राष्ट्रिय टिमका स्टार खेलाडीले भरिएको थ्रीस्टारले युवा र अनुभवी खेलाडीको संयोजन गर्दै टिम बनाएको छ ।

एलन न्यौपाने, अनन्त तामाङ, बिक्रम लामा, सुनिल वल, निराजन खड्का जस्ता स्टार खेलाडीले भरिएको थ्रीस्टारमा रुपेश केसी, रजिन धिमाल, रन्जन विष्ट र अनिल गुरुङ जस्ता खेलाडीको साथ छ । थ्रीस्टारले केही बिदेशी खेलाडीलाई लामो समयदेखि अनुबन्धन गरेर राखेको छ ।

डिफेन्समा पिटर र स्ट्राईकरमा अजायी मार्टिन थ्रीस्टारको जर्सीमा यथावत रहनेछन् । थ्रीस्टारका हाईप्रोफाईल प्रशिक्षक मेघराज केसी क्लबको उपाधि यात्रा ‘एक्स फ्याक्टर’ बन्न सक्छन् । लामो समय प्रशिक्षण यात्रामा बिताएका केसीलाई लिग उपाधि जित्ने लक्ष्य सहित क्लबले प्रशिक्षणको जिम्मेवारी सुम्पिएको छ ।

आर्मी फुटबल क्लब

पछिल्लो सिजन विभागीय टिम आर्मी लिग उपाधि जित्न मात्र एक अंकले चुक्यो । गत सिजन घरेलु फुटबलका अधिकांश नकआउट प्रतियोगितामा बलियो देखिएको आर्मीले घरेलु फुटबलको ईतिहासमा अहिलेसम्म लिग उपाधि जित्न सकेको छैन ।

राष्ट्रिय टिममा प्रभावशाली देखिएका भरत खवास, नवयुग श्रेष्ठ, जर्जप्रिन्स कार्की र विकेश कुथु जस्ता खेलाडी समावेश आर्मीले लिग उपाधिलाई मुख्य जोड दिएको छ । घरेलु फुटबल करिब पाँच बर्ष प्रभावित बन्यो । अधिकांश खेलाडीले नियमित टे«निङ र प्रशिक्षण गर्न पाएनन् । तर विभागीय टिमहरुले भने नियमित प्रशिक्षण र अभ्यासको मौका पाए ।

लिग फुटबलमा डेब्यु गर्न लागेका प्रशिक्षक नविन न्यौपानेलाई खेलाडीबाट सायद फिटनेशको समस्या नहोला । तर शारिरिक रुपमा बलियो मानिने आर्मीलाई प्राविधिक रुपमा अब्बल तरिकाले प्रस्तुत गरेर उपाधि हात पार्नु चुनौतीपुर्ण छ ।

नेपाल पुलिस क्लब 
६० सालपछि विभागीय टिम पुलिसले घरेलु फुटबलमा एकछत्र राज ग¥यो । लिग होस वा नकआउट सबै प्रतियोगितामा आफुलाई अब्बल सावित ग¥यो । विराजकृण्ण श्रेष्ठको नेतृत्वमा पुलिसले त्यो समय शारिरिक र प्राविधिक रुपमा उत्कृष्ट प्रर्दशन गरेको थियो । जुमानु राई, भोला सिलवाल, भरत खवास, रविन श्रेष्ठ, रितेश थापा जस्ता स्वर्णिम पुस्ताका खेलाडीले पुलिसले घरेलु फुटबलमा राम्रै छाप छाड्यो ।

समयसंगै पुलिसको ओरालो यात्रा सुरु भयो । खेलाडीको ढल्कदो उमेरसंगै पुलिसको प्रर्दशन समेत खस्किन थाल्यो । एक समय हार्न लागेको खेल जित्ने पुलिस अब भने जित्ने निश्चित भएका खेलहरु गुमाउन थाल्यो ।

घरेलु खेलकुदमा छुट्टै विरासत बनाएको पुलिसले फुटबल टिममा पुर्नसंरचना गरेको छ । पुराना खेलाडीलाई पुर्नस्थापना गर्दै युवा खेलाडी क्लबमा भित्राएको छ । एन्फा एकेडेमीमा रहँदै उमेर समुहका प्रतियोगितामा राम्रा छाप छाडेका रेजिन सुब्बा, रवि पासवान, अभिषेक रिजाल, तेज तामाङ जस्ता खेलाडीलाई पुलिसले क्लबमा ल्याउन सफल भएको छ । पुराना र युवा खेलाडीको राम्रो संयोजन गरेको पुलिस पुरानो विरासत फर्काउन सक्षम देखिन्छ ।

च्यासल युथ क्लब 
यसपटकको ए डिभिजन लिगमा अर्को सरप्राईज टोली हो, च्यासल युथ क्लब ।

लिग फुटबलमा डेब्यु गर्न लागेको च्यासलले हाईप्रोफाईनल प्रशिक्षक राजुकाजी शाक्यलाई क्लबमा अनुबन्धन गरेर लिगमा राम्रो नतिजा निकाल्ने लक्ष्य लिएको छ । नेपाली राष्ट्रिय फुटलब टिमका स्टार विमल घर्तिमगरलाई समेत अनुबन्धन गर्न सफल भएको क्लबमा योगेश गुरुङ, हेमन्त थापा मगर, गौरव बुढाथोकी, आमिर श्रेष्ठ जस्ता खेलाडीको साथ छ । च्यासलले यसपटकको लिग फुटलबमा उपाधिमा चुनौती दिने बताईसकेको छ ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
प्रभावशाली बायर्न
प्रभावशाली बायर्न
पिएसजीको सानदार सुरुआत
पिएसजीको सानदार सुरुआत
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
प्राज्नालाई आरम्भको सम्मान
प्राज्नालाई आरम्भको सम्मान
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP