काठमाडौं । जब फुटबलको इतिहास सम्झन्छौँ पक्कै पनि बेल्जियमलाई सम्झन्छौँ ।
बेल्जियम पहिलो यूरोपियन देश हो जसले एसोसियसन फुटबल खेल्थ्यो । सन् १८६३ को सुरुवातबाट बेल्जियममा फुटबल प्रारम्भ भयो । त्यसपछिका धेरै दशकहरूमा बेल्जियमले फुटबलमा आरोह अवरोहको अनुभव गर्यो ।
बेल्जियमले १३ विश्वकप र ५ यूरोपीयन च्याम्पियनशिपको खेलेको छ । बेल्जियमले २०१८ को विश्वकपमा तेस्रो स्थानमा हासिल गर्यो भने १९८० को युरोमा दोस्रो बनेको थियो ।
बेल्जियममा सन् १८६३ मा सिरिल बी मोरोघ नामक एक आईरिस विद्यार्थीले मेलेको जोसेफाइट कलेजमा छालाको बल ल्याएका थिए । यहिबाट सुरु भएको बेल्जियमको फुटबलले त्यहाँको लोकप्रिय खेल रग्बीलाई पछाडी पार्यो ।
१८९५ मा त्यहाँका फुटबल, क्रिकेट, साइक्लिङ र एथलेटिक्समा विशेषज्ञता भएका १० क्लबले यूबीएसएसए, एक राष्ट्रिय एथलेटिक्स खेल संघ स्थापना गरे । अर्को वर्ष यूबीएसएसएले पहिलो बेल्जियम फुटबल लिग आयोजना गर्यो ।

यी घटनाक्रमले बेल्जियमको राष्ट्रिय फुटबलमा रुचि बढायो । सन् १९०० मा, बियरस्कट एसीका अध्यक्ष जोर्गे डियाजले बेल्जियमलाई विभिन्न विपक्षीहरूको विरूद्ध सामना गर्ने सक्षम बनाउने सिरिजहरुको आयोजना गरे । उनीहरूको पहिलो चुनौती नेदरल्याण्ड्स 'बी' टिम थियो । तर, बेल्जियमले नेदरल्याण्ड्स 'बी' टिमसँग खेलेका चार वटै खेल जित्यो । उक्त बेल्जियमको टोलीमा केही बेलायती खेलाडी समावेश गरिएको थियो । त्यसैले बेल्जियमको पहिलो आधिकारिक खेल फ्रान्ससँगको मानिन्छ । जुन खेल बेल्जियमले ३–३ को बराबरी खेलेको थियो ।
सन् १९०५ पछि बेल्जियम र नेदरल्याण्ड्स एक अर्कामा भेला हुने र सिरिज खेल्न थाले । जुन तल्लो स्तरको देशको डर्बीको रूपमा परिचित थियो । यसले दुबै देशको परम्परागत प्रतिस्पर्धाको विकासमा ठूलो भूमिका खेलेको थियो । यसै क्रममा एक डच रिपोर्टरले बेल्जियमका खेलाडीको खेल कौशललाई हेर्दै 'रेड डेभिल' को शंज्ञा दिए । जुन नामले बेल्जियम पछिल्लो समय चिनिन थाल्यो ।
बेल्जियम सन् १९२० को ओलम्पिकमा पहिलो पटक आधिकारिक रूपमा देखा पर्यो । उनीहरूले घरेलु मैदानमा स्वर्ण पदक जिते । तर, यस फाइनल खेलमा रेफ्रीका कारण विवाद उत्पन्न भएपछि विपक्ष टोली चेकोस्लोभाकियाले मैदान छोडेको थियो । उनीहरु रेफ्री जोन लुइसको निर्णयबाट खुसी थिएनन् । जसले विवादास्पद गोलको अनुमति दिएका थिए भने चेकोस्लोभाकियाका लेफ्ट ब्याक डिफेन्डर रातो कार्ड दिदै मैदान बाहिर पठाएका थिए । विवादास्पद बनेको खेलमा बेल्जियमलाई स्वर्ण पदक दिइएको थियो ।
त्यसपछि बेल्जियमले सुरुवाती तीन विश्वकप (१९३०, १९३४, १९३८) मा पनि लगातार सहभागिता जनायो । जहाँ तीन विश्वकपमा खेलेका चार खेल नै बेल्जियमले पराजय भोगेको थियो । बेल्जियमले मध्य यूरोप, दक्षिण अमेरिका र स्कान्डिनेभियाका टोलीहरूसँग प्रतिस्पर्धा गर्न सकेन् । जहाँ फुटबलको लोकप्रियताले उच्च रुप लिएको थियो । तर, दोस्रो विश्व युद्धका कारण बेल्जियमले सबै आधिकारिक गतिविधिहरू बन्द गर्नु पर्यो ।

युद्धपछिको संघर्ष
युद्धपछिको अवधिले बेल्जियमका लागि थप कठिनाइहरू ल्यायो । सन् १९५० देखि १९६८ सम्मका आठ प्रमुख प्रतियोगिताहरु मध्ये बेल्जियमले एक पटक मात्र १९५४ को विश्वकपमा छनोट भयो । उक्त विश्वकपमा इङ्ल्यान्डसँग ४–४ को बराबरी खेलेपछि दोस्रो खेलमा इटालीसँग ४–१ ले पराजित भयो र प्रतियोगिताबाट बाहिरिन पुग्यो ।
सन् १९५८ को विश्वकप छनोटमा उनीहरूलाई '‘लक्कि लुजर' को रूपमा चित्रित गरियो र बेल्जियमलाई इजरायलविरूद्ध खेल्ने मौका दियो । तर उनीहरुले इजरायलविरुद्ध खेल्न अस्विकार गरे ।
बेल्जियम आफ्नो लक्ष्य भन्दा निकै टाढा थियो । तर, बेल्जियम टोलीको प्रतिभा मैत्रीपूर्ण खेलहरूमा प्रस्ट देखिन्थ्यो । बेल्जियमले दुई विश्व कप विजेता वेस्ट जर्मनी र ब्राजिल तथा हंगेरीको गोल्डेन टिमलाई पराजित गर्यो । उनीहरूको प्रतिस्पर्धी खेलसँगको नतिजापछि बेल्जियम फेरी 'मित्रताको विश्व च्याम्पियन' भनेर चिनिन थाल्यो ।
बेल्जियम फुटबलमा भान हिमस्ट युग
प्रारम्भिक १९७० को दशकमा बेल्जियमले केही कदम अगाडी बढायो । १९७० को विश्वकपका लागि छनोट भएपछि बेल्जियमले विश्वकपमा पहिलो जित निकाल्यो । जहाँ एल साल्भाडोरलाई बेल्जियमले ३–० ले पराजित गरेको थियो । तर, बेल्जियमले बाँकी दुई खेलमा पराजय भोगेपछि नकआउट चरणहरूको लागि छनोट हुन सकेन् ।
दुई वर्ष पछि, बेल्जियमले १९७२ को यूरोकपका लागि अन्तिम चरणमा प्रवेश गर्यो । सेमीफाइनलमा पश्चिम जर्मनीसँग हार्न पुग्यो । तर, हंगेरीलाई २–१ ले हराउँदै तेस्रो बन्यो ।
यस अवधिमा, बेल्जियम रेमन्ड गोथल्सको प्रशिक्षणमा थियो । राष्ट्रिय टोलीमा उनका धेरै योगदानहरू मध्ये गोथल्सले अफसाइड ट्रापको प्रयोगलाई लोकप्रिय बनाए । जुन पछि टोलीको प्रमुख शक्तिहरू मध्ये एक बन्न पुग्यो । त्यसै क्रममा बेल्जियम टोलीमा पल भान हिमस्टको उदय भयो । राष्ट्रिय टोलीमा आफ्नो उच्च लयमा रहेका भान हिमस्ट बेल्जियमको सर्वाधिक स्कोरर बने । उनले ८१ खेलमा ३० गोल गरेका थिए । यसैलाई नै बेल्जियम फुटबलको भान हिमस्ट युग भन्ने गरिन्छ ।

सन् १९७० को दशकको अन्त्यतिर बेल्जियम ठूला लिगहरूमा जान तयार भईसकेको थियो । १९८० को युरोको समूहमा इटाली, इङ्ल्यान्ड र स्पेनसँगै बेल्जियम थियो । प्रशिक्षक गाय थिसको नेतृत्वमा रहेको बेल्जियमले आफ्नो कौशलता प्रमाणित गरे । तर, फाइनल खेलमा वेस्ट जर्मनीसँग ८८ औं मिनेटमा गोल खाँदै पराजित हुन पुग्यो र युरोकपको उपविजेता बन्यो ।
विश्वकप सफलताको पहिलो स्वाद बेल्जियमले १९८२ मा लियो । जब उनीहरूले डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई १–० ले पराजित गरे । तर, अन्य एक खेल बराबरी र पोल्याण्ड र सोभियत संघसँगको दुई खेलमा हार व्यहोरेपछि अर्को चरणमा प्रवेश गर्न सकेनन् । यसले टिममा अनुभवको प्रस्ट अभाव देखिन्थ्यो । तर, धेरै फुटबल विज्ञहरुले यस पुस्तालाई ठुला ट्रफीको लागि प्रतिस्पर्धा गर्न प्रतिभाशाली भएको बताएका थिए ।
१९८६ को विश्वकप बेल्जियमका लागि खासै राम्रोसँग सुरुवात नभएपनि त्यसपछिका खेलमा सन्तोस जनक प्रदर्शन गरेको थियो । मेक्सिको र पराग्वे पछि बेल्ज्यिम आफ्नो समूहको तेस्रो उत्कृष्ट टिम बन्दै नकआउट चरणमा प्रवेश गर्यो । नकआउट चरणमा सोभियत युनियनलाई अतिरिक्त समयमा आउट गरेर क्वाटरफाइनलमा स्पेनसँगको भेट पक्का गर्यो ।
स्पेनलाई पेनाल्टीमा पराजित गर्दै सेमिफाइनल पुगेको बेल्जियम सेमिफाइनलमा माराडोनाको नेतृत्वमा रहेको अर्जेन्टिनासँग २–० ले पराजित हुन पुग्यो । तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्ससँग अतिरिक्त समयमा ४–२ ले पराजित भएपछि बेल्जियमले चौथो स्थान हासिल गरेको थियो ।
१९९० को विश्वकपमा, बेल्जियमले दोस्रो पटक समूह चरण पार गर्यो । नकआउटमा इङ्ल्यान्डको सामना गर्दै अतिरिक्त समयमा १–० ले पराजित हुन पुग्यो ।
त्यसपछि २००२ सम्म बेल्जियम विश्वकपमा लगातार छनोट भयो । तर, नतिजा पुन: त्यहिँ दोहरीयो । २००२ को विश्वकपमा बेल्जिय च्याम्पियन ब्राजिलसँग पराजित हुँदै शीर्ष १६ बाट बाहिरिन पुग्यो ।

सफलताविनाको अवधि
२००२ पछि बेल्जियमले पाँच महत्वपूर्ण प्रतियोगिता गुमायो । जहाँ तीन युरो र दुई विश्वकपका लागि छनोट हुन् सकेन । यसबीचमा टोली फिफा वरीयतामा पनि खस्किदै ७१ स्थानमा पुग्यो । जुन अहिलेसम्मकै तल्लो वरीयता बन्न पुग्यो । यस अवधिमा धेरै प्रशिक्षकहरु परिवर्तन भए । तर, टिमको भाग्य सुधारिएको थिएन ।
यस युगमा बेल्जियम प्रशंसकहरूको लागि एक मात्र खुसीको विषय यू–१९ छनोट थियो । जसले २००८ को ओलम्पिकमा चौथो स्थान हाँसील गरेको थियो । ओलम्पिकका राम्रो प्रदर्शन गरेकै कारण यस टिमका धेरै युवा खिलाडीले सिनियर टोलीमा डेब्यू गर्न शुरू गरे । तर, पनि यी परिवर्तनहरूले तुरून्त सफलताको लागि नेतृत्व गर्न सकेन् ।
पछिल्लो पुस्ताका खेलाडीहरु बेल्जियमको टोलीमा एक चतुर चालको रूपमा देखा परे । इडेन हाजार्ड, केभिन डी ब्रुएन र रोमेलु लुकाकू आफूले सामना गर्ने कुनै पनि टिमविरुद्ध गोल गर्न सक्षम छन् ।

बेल्जियमले २०१४ को विश्वकप छनोटमा ८ जित र २ बराबरी खेल्दै १२ वर्षपछि पहिलो पटक ठूलो प्रतियोगितामा स्थान बनायो । त्यसपछि विश्वकप समूह चरणमा तीन खेल जितेको थियो । तर, क्वाटरफाइनलमा अर्जेन्टिनासँग पराजित हुँदै बाहिरिन पुग्यो । २०१६ को युरोकपमा पनि क्वाटरफाइनलमा पुगेको बेल्जियम वेल्ससँग पराजित भएको थियो ।
सन् २०१८ को विश्वकपमा धेरैले बेल्जियमलाई 'डार्क हर्स' को रूपमा लिएका थिए । शीर्ष १६ मा जापानलाई पराजित गरेको बेल्जियले क्वाटरफाइनलमा ब्राजिललाई पराजित गरेको थियो । तर, सेमिफाइनलमा फ्रान्ससँग पराजित भयो । तेस्रो स्थानको प्ले अफमा बेल्जियमले इङ्ल्यान्डलाई २–० ले पराजित गर्दै विश्वकपमा आफ्नो प्रतिस्पर्धाको सर्वश्रेष्ठ रेकर्ड बनायो ।
