एजेन्सी । युरोपियन क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनल खेल आज राति हुँदैछ ।
च्याम्पियन्स लिगको फाइनलमा दुई इंग्लिस क्लब म्यानचेस्टर सिटी र चेल्सी भिड्ने छन् । पोर्चुगलमा हुने सिटी र चेल्सीबीचको फाइनल खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।
पोर्टोस्थित स्टाडियो डो ड्रागाओ स्टेडियममा मैदान उत्रदा दुबै टिम उपाधि उचाल्ने योजनासहित मैदान उत्रने छन् ।
सिटीले च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन । त्यसैले पेप ग्वार्डीओलाको नेतृत्वमा रहेको सिटी पहिलो पटक उपाधि उचाल्न चाहन्छ ।
प्रिमियर लिगको च्याम्पियन सिटीले पहिलो पटक फाइनलमा स्थान बनाएको हो । पहिलो फाइनल यात्रामै सिटी च्याम्पियन बन्न चाहन्छ ।
तर, चेल्सीलाई हराएर उपाधि जित्न सिटीलाई कठिन भने हुनेछ ।
किनकि चेल्सी पनि सिटीलाईहराएर दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जित्न चाहन्छ । चेल्सीले सन् २०१२ मा उपाधि जितेको थियो ।
/cdn.vox-cdn.com/uploads/chorus_image/image/69253630/1230419895.0.jpg)
च्याम्पियन्स लिगको फाइनलमा दुबै टोलीलाई खेलाडीको चोटले सताउने छैन ।
दुबै टोलीका खेलाडी फाइनलका लागि पूर्ण फिट रहेका छन् । त्यसैले खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
च्याम्पियन्स लिगको फाइनल तेस्रो पटक दुई इंग्लिस क्लब भिड्न लागेका हुन् ।
यस अघि सन् २००८ मा म्यानचेस्टर युनाईटेड र चेल्सी भिडेका थिए । जसमा युनाईटेडले पेनाल्टीमा ६-५ को जित निकाल्दै उपाधि जितेको थियो ।
यस्तै २०१९ मा लिभरपुल र टोटेनहम फाइनलमा भिडेका थिए । उक्त खेलमा लिभरपुलले २-० को जित निकाल्दै उपाधि जितेको थियो ।
