बुधबार, २५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

इराकविरुद्ध नेपाल : प्रदर्शनमा जोड

शनिबार, १५ जेठ २०७८नमीन ढकाल
इराकविरुद्ध नेपाल : प्रदर्शनमा जोड
Loading ad...
mustang rice ad

काठमाडौं । फिफा वरीयतामा ६८ औं स्थानमा रहेका टोली हो इराक । नेपालको फिफा वरीयतामा नेपाल १ सय ७१ औं स्थानमा रहेको छ ।

फिफाको वरीयता हेर्दा नेपाल भन्दा इराक १०३ औं स्थान माथि छ । तीनै उच्च वरीयता प्राप्त अरेबियन मुलुकविरुद्ध नेपालले आज (शनिबार) उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्दैछ ।

इराकको बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा नेपालले घरेलु टिमसँग खेल्नेछ । नेपाल र इराकबीचको खेल नेपाली समय अनुसार राति १०:१५ बजे सुरु हुनेछ ।

नेपाल र इराक सन् २०२२ को कतार विश्वकपको दोस्रो चरण र २०२३ को एसिया कपको छनोट खेलिरहेको टिम हो । त्यसैको तयारी स्वरूप नेपाल र इराकले मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् । छनोटमा नेपाल समूह 'बी' र इराक समूह 'सी' रहेका छन् ।

नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी युवा खेलाडी बोकेर मैत्रीपूर्ण र विश्वकप छनोटका लागि निस्किएका छन् । इराकविरुद्धको खेल प्रशिक्षक अलमुताईरीको पहिलो खेल हुनेछ ।

बलियो टिम इराकविरुद्धको खेलमा प्रशिक्षक अलमुताईरीले युवा खेलाडीलाई अनुभव दिलाउन चाहन्छन् । उनले इराकसँगको खेलमा नतिजा भन्दा प्रदर्शनमा जोड दिएका छन् ।

‘आशा छ । हाम्रो युवा टोलीले अनुभव लिने छन् । नजिता भन्दा पनि प्रदर्शनमा जोड दिनेछ,’ इराकसँगको खेल अघि उनले भनेका छन् ।

अलमुताईरीले घरेलु मैदानमा थ्री नेसन्स कप जितेको टोलीबाट १३ खेलाडीलाई टिम बाहिर राखेका छन् । आफ्नो पहिलो भ्रमणमै उनले नयाँ ६ खेलाडीलाई स्थान दिएका हुन् ।

उनले घोषणा गरेको टिमको औषत उमेर २३ दशमलब ४७ रहेको छ । हालको टोलीमा कप्तान किरण कुमार लिम्बु, रोहित चन्द, नवयुग श्रेष्ठ, विशाल राई र सन्तोष तामाङ मात्रै बढी उमेरका खेलाडी हुन् ।

‘कस्तो प्रदर्शन हुन्छ । आफैलाई मुल्यांकन गर्ने र यसलाई भविष्यमा सुधार गर्ने प्रयास हुनेछ,’ अलमुताईरी थप्छन् ।

इराकविरुद्ध नेपालको इतिहास सुखद छैन । अघिल्ला तीन भेटमा नेपालले तीनै भेटमा हार व्यहोरेको छ । एसिया कप विजेता इराक नेपालविरुद्ध सुखद नतिजाको यात्रालाई कायम राख्न चाहन्छ । तर, नेपाली टिमलाई इराकले कमजोर आक्ने छैन ।

नेपाली टिमका कप्तान किरणले इराकसँग खेल्न टिम तयार रहेको र यस खेलले विश्वकप छनोटमा राम्रो गर्न सहयोग मिल्ने बताउछन् ।

‘हामीले राम्रो तयारी गरेका छौँ र यसका लागि तयार छौँ,' कप्तान किरणले भने,’ ‘इराकविरुद्ध खेल्नु हाम्रो लागि ठुलो अवसर हो । यो कुवेतमा हुने विश्वकप छनोटका लागि राम्रो अनुभव हुनेछ ।’

हेड टु हेड -

नेपाल र इराकबीच पहिलो भेट सन् १९८२ नोभेम्बर २३ मा भएको थियो । एसियन गेममा भएको भेटमा इराकले ३-० ले बाजी मारेको थियो ।

सन् २००१ अप्रिल १४ मा भएको दोस्रो भेटमा इराकले ९-१ को जित निकालेको थियो । नेपालको लागि एक मात्रै गोल निराजन रायमाझीले गरेका थिए ।

सन् २००२ मा जर्मनीलाई २-० गोल अन्तरले पराजित गर्दै ब्राजिलले उपाधि हात पारेको फिफा विश्वकप छनोटको खेलमा समेत नेपाल र इराक भिडेका थिए । त्यस भेटमा भने नेपालले दुई गोल गरेको थियो । इराकले त्यसको बदला ४ गोल गर्याे । यस भिडन्तमा नेपालमा हरि खड्का र निराजन रायमाझीले गोल गरेका थिए ।

करिब दुई दशकपछि मैदान उत्रदा दुबै टोलीमा युवा र अनुभवी खेलाडी रहनेछन् । यसबीचमा इराकले एसिया कप समेत जितिसकेको छ । नेपाल भने दक्षिण एसियाली फुटबलमै सिमित छ ।

विश्वकप छनोट -

इराक फिफा विश्वकपको छनोट नजिक रहेको छ । समूह 'सी' बाट ५ खेल खेलिसकेको इराक ११ अंक सहित शीर्ष स्थानमा रहेको छ । उसलाई पछ्याईरहेको बहराईन ९, इरान ६, हङकङ ५ र कम्बोडिया १ अंक रहेको छ ।

इराकले अब बहराईनसँग उसैको मैदानमा पुगेर खेल्नेछ । यस्तै पुछारमा रहेका कम्बोडिया, हङकङ र इरानसँग खेल्दै छनोटका खेल समाप्त गर्नेछ ।

समूह 'बी' मा रहेको नेपालको भने विश्वकपमा छनोट खेल्ने सपना टुंगिसकेको छ । यद्दपी बाँकी तीन खेल जिते दोस्रो स्थानमा रहँदै छनोट हुने सम्भावना भने रहेको छ । नेपालको एसियन कपमा छनोट हुने सम्भावना समेत बाँकी रहेको छ ।

नेपाल समूहको चौंथो स्थानमा रहँदा अष्ट्रेलिया शीर्ष स्थानमा रहेको छ । नेपालले अब कुवेतमा अष्ट्रेलिया, जोर्डन र चाइनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ । एसियाली पवार हाउसविरुद्ध अंक खोस्न सके नेपालले कम्तिमा एसिया कप छनोटको तेस्रो चरणमा स्थान बनाउने छ ।

अब नेपालले जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ । इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोलि कुवेत जानेछन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

नेयमार फेरि विवादको केन्द्रमा

नेयमार फेरि विवादको केन्द्रमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

बागमतीको जितमा सन्दीपको ५ विकेट

बागमतीको जितमा सन्दीपको ५ विकेट

नेयमार फेरि विवादको केन्द्रमा

नेयमार फेरि विवादको केन्द्रमा

 गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

कराते वान प्रिमियर लिग खेल्दै एरिका

कराते वान प्रिमियर लिग खेल्दै एरिका