एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले फुटबल खेल दौरान पाँच खेलाडी परिवर्तन गर्न पाउने नियमको अवधि थप गरेको छ ।
फिफाले कोरोना भाईरसको महामारीपछि ल्याएको पाँच खेलाडी परिवर्तन गर्न सकिने नियमको अवधि बढाएको हो ।
अब फुटबलमा २०२२ को डिसेम्बर ३१ सम्म पाँच खेलाडी परिवर्तन गर्न पाईने छ ।
सन् २०१९ मा कोरोनाका कारण रोकिएको फुटबल पुन: सुरु भएपछि फिफाले पाँच खेलाडी परिवर्तनको नियम बनाएको हो ।
फुटबल खेलको नियम नियन्त्रण गर्ने निकाय अन्तराष्ट्रिय फुटबल एसोसिएसन बोर्ड (आईएफएबी) ले खेलाडीको सुरक्षाका लागि पाँच खेलाडी परिवर्तन गर्न पाउने नियम फिफामा पेस गरेको थियो ।
आईएफएबीको नयाँ नियमलाई फिफाले २०२० को डिसेम्बर ३१ सम्मको लागि स्विकृती दिएको थियो ।
यस अघि फुटबलमा ३ खेलाडी परिवर्तन सकिने नियम रहेको थियो ।