एजेन्सी । इटालियन क्लब युभेन्ट्सले मासिमिलानो एलेग्रीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
आन्द्रे पिर्लोलाई बर्खास्त गर्दै युभेन्ट्सले एलेग्रीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
युभेन्ट्सले शुक्रबार एलेग्री मुख्य प्रशिक्षकको रुपमा क्लब फर्किएको जनाएको छ ।
इटालियन प्रशिक्षक एलेग्री दोस्रो पटक युभेन्ट्सको प्रशिक्षक बनेका हुन् ।
५३ वर्षीय प्रशिक्षक एलेग्रीले यस अघि २०१४ देखि १९ सम्म टिम हेरेका थिए ।
युभेन्ट्सले ४२ वर्षीय पिर्लोलाई शुक्रबार नै बर्खास्त गरेको थियो ।
मुख्य प्रशिक्षक मउरिजो सारीलाई बर्खास्त गरेर युभेन्ट्सले पिर्लोलाई गत वर्ष मुख्य प्रशिक्षक चयन गरेको थियो ।
तर, यस सिजन पिर्लोले युभेन्ट्स सिरी ए को उपाधि दिलाउन सकेनन् । जसको कारण उनी एक सिजनमै बर्खास्तमा परेका हुन् ।
पिर्लोको नेतृत्वमा युभेन्ट्सले कोपा इटालिया भने जितेको थियो ।