एजेन्सी । इंग्लिस क्लब लिभरपुलले फ्रेन्च डिफेन्डर इब्राहिमा कोनाटेलाई अनुबन्धित गरेको छ ।
लिभरपुलले जर्मन क्लब आरबी लाइपजिगबाट डिफेन्डर इब्राहिमालाई अनुबन्ध गरेको हो ।
२२ वर्षीय डिफेन्डरले क्लबसँग लामो सम्झौता गरेको लिभरपुलले जनाएको छ ।
लिभरपुलले ३६ मिलियनमा उनलाई अनुबन्ध गरेको हो ।
उनी जुलाई १ बाट लिभरपुलमा आबद्द हुने क्लबले जनाएको छ ।
इब्राहिमाले फ्रान्सको यू-२१ टिमबाट १२ खेल खेलिसकेका छन् ।