एजेन्सी । इटालियन क्लब युभेन्ट्सले मुख्य प्रशिक्षक आन्द्रे पिर्लोलाई बर्खास्त गरेको छ ।
युभेन्ट्सले शुक्रबार ४२ वर्षीय पिर्लोलाई बर्खास्त गरिएको जनाएको छ ।
मुख्य प्रशिक्षक मउरिजो सारीलाई बर्खास्त गरेर युभेन्ट्सले पिर्लोलाई गत वर्ष मुख्य प्रशिक्षक चयन गरेको थियो ।
तर, यस सिजन पिर्लोले युभेन्ट्स सिरी ए को उपाधि दिलाउन सकेनन् । जसको कारण उनी एक सिजनमै बर्खास्तमा परेका हुन् ।
पिर्लोको नेतृत्वमा युभेन्ट्सले कोपा इटालिया भने जितेको थियो ।
इटालीका लिजेण्ड तथा पूर्व मिडफिल्डर पिर्लो पाँच वर्षपछि प्रशिक्षकको रुपमा युभेन्ट्स फर्किएका थिए । उनले सन् २०१५ मा युभेन्ट्स छाडेका थिए ।
सन् २०११ मा युभेन्ट्स आएका पिर्लोले २०१५ सम्म १ सय १९ खेलमा १६ गोल गरेका थिए ।
युभेन्ट्सले मासिमिलानो एलेग्रीलाई मुख्य प्रशिक्षक बनाउने तयारी थालेको छ ।