एजेन्सी । प्रिमियर लिग क्लब एभर्टनका पूर्व स्ट्राइकर जेम्स ओलिभरले खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।
इंग्ल्यान्डको लिग टु क्लब ट्रानमेरे रोभर्सबाट खेल्दै आएका जेम्सले ३२ वर्षको उमेरमा खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् ।
जेम्सले एक विज्ञप्ति निकाल्दै चोटको कारण आफुले चाडै खेल जीवन टुंगाउने निर्णय गरेको बताएका छन् ।
जेम्स प्रिमियर लिगमा सर्वाधिक कम उमेरमा गोल गर्ने खेलाडी हुन् ।
सन् २००५ मा एभर्टनबाट खेल्दा क्रिस्टल प्यालेसविरुद्ध गोल गर्दै उनी सर्वाधिक कम उमेरका खेलाडी बनेका थिए ।
क्रिस्टलविरुद्ध गोल गर्दा उनी १६ वर्ष २ सय १७ दिनको थिए ।

इंग्ल्यान्डको उमेर समूहबाट खेलेका उनले क्लब फुटबलमा नर्विच सिटी, सन्डरल्याण्ड, क्रिस्टल प्यालेस, लेष्टर लगायत क्लबबाट समेत खेलेका थिए ।
जेम्सले फुटबल करियरमा ४ सय बढी खेल खेल्दै १ सय २० गोल गरेका छन् ।