एजेन्सी । इटालियन क्लब एसी मिलानले फ्रेन्च गोलकिपर माइक मेग्नेनलाई अनुबन्धित गरेको छ ।
मिलानले बिहीबार गोलकिपर माइकलाई अनुबन्ध गरिएको जनाएको छ ।
मिलानले फ्रेन्च लिग च्याम्पियन लिलबाट माइकलाई अनुबन्धित गरेको हो ।
२५ वर्षीय गोलकिपरले यस सिजन फ्रेन्च लिगमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
फ्रेन्च लिगको यस सिजन उनले गोल्डेन ग्लोभ्स जितेका थिए ।
माइकले मिलानसँग सन् २०२६ सम्मको सम्झौता गरेका छन् ।
लिलमा ६ सिजन बिताएका उनले १ सय ८० खेल खेलेका छन् ।
फ्रान्सको सबै उमेर समूहको टिमबाट खेलेका माइक गत वर्षको अक्टोबरमा राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।
माइक फ्रान्सको युरो खेल्ने टिममा समेत अटाएका छन् ।