एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले कप्तान तथा स्ट्राइकर लियोनल मेस्सीलाई सम्झौता थप गर्नका लागि प्रस्ताव गरेको छ ।
बार्सिलोनाले मेस्सीलाई औपचारिक रुपमा नवीकरणका लागि प्रस्ताव गरेको स्पेनिस पत्रिका मार्काले जनाएको छ ।
तर, मेस्सीले बार्सिलोनालाई सम्झौताबारे कुनै प्रतिक्रिया नदिएको मार्काले जनाएको छ ।
अर्जेन्टिनाका मेस्सीको बार्सिलोनासँगको सम्झौता आगामी जुन ३० बाट सकिदैछ ।
मेस्सीलाई क्लबकै राख्ने बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाको मुख्य रहेको छ । उनले निर्वाचनमा मुख्य एजेण्डा नै मेस्सी क्लबमै राख्ने रहेको थियो ।
३३ वर्षीय मेस्सी अहिले अर्जेन्टिनामा रहेका छन् ।
घरेलु मैदानमा आयोजना हुने कोपा अमेरिकाका लागि मेस्सी सिजनको अन्त्यसँगै अर्जेन्टिना पुगेका छन् ।
पछिल्लो समय मेस्सी इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग समेत जोडिएका छन् ।