एजेन्सी । इंग्लिस क्लब टोटेनहमले मौरिसियो पोचेटिनोलाई मुख्य प्रशिक्षक बनाउन तयारी थालेको छ ।
टोटेनहमले पूर्व प्रशिक्षक पोचेटिनो फर्काउन तयारी थालेको बीबीसीले जनाएको छ ।
बीबीसीले टोटेनहमका पदाधिकारीले पोचेटिनोसँग सम्पर्क गरेको जनाएको छ ।
अर्जेन्टाईन प्रशिक्षक पोचेटिनो फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को मुख्य प्रशिक्षक रहेका छन् ।
पोचेटिनोको फ्रेन्च क्लबसँगको सम्झौता अझै एक वर्ष बाँकी रहेको छ ।
यस सिजन पोचेटिनोले पीएसजीलाई लिगको उपाधि दिलाउन समेत सकेनन् ।
पोचेटिनो गत सिजन इंग्लिस क्लब टोटेनहमबाट बर्खास्तमा परेका थिए ।
टोटेनहमले पोचेटिनोलाई सन् २०१९ को नोभेम्बरमा बर्खास्त गरेको थियो ।
पोचेटिनोलाई बर्खास्त गरेर टोटेनहमले जोसे मोरिन्होलाई मुख्य प्रशिक्षक चयन गरेको थियो ।
तर, गत महिना मोरिन्हो बर्खास्तीमा परिसकेका छन् । टोटेनहम मुख्य प्रशिक्षक विहीन रहेको छ ।
मोरिन्हो भने इटालियन क्लब रोमाका मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।