एजेन्सी । स्पेनिस क्लब भ्यालेन्सियाले मुख्य प्रशिक्षकमा जोसे बोर्डालुसलाई नियुक्त गरेको छ ।
भ्यालेन्सियाले बिहीबार बोर्डालुसलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
बोर्डालुसले क्लबसँग २०२३ को जुन ३० सम्मको सम्झौता गरेका छन् ।
यस्तै भ्यालेन्सियाले उनलाई थप एक वर्ष सम्झौता लम्बाउनको लागि विकल्प समेत दिएको छ ।
भ्यालेन्सियाले मुख्य प्रशिक्षक जाभी ग्रासियालाई बर्खास्त गरेको एक महिना नपुग्दै नयाँ प्रशिक्षक नियुक्त गरेको हो ।
क्लबले खराब प्रदर्शन गरेपछि भ्यालेन्सियाले स्पेनिस प्रशिक्षक ग्रासियालाई बर्खास्त गरेको हो ।
मालागा तथा वाट्फोर्डका पूर्व प्रशिक्षक समेत रहेका ग्रासिया १० महिनामै बर्खास्तमा परेका थिए ।