एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानले क्लब छाडेका छन्।
दोस्रो पटक क्लब सम्हालेका फ्रान्सेली प्रशिक्षक जिदानले यस सिजन उपाधि विहीन बनेपछि क्लब छाडेका हुन् ।
रियलले बिहीबार एक विज्ञप्ति निकाल्दै जिदानले क्लब छाडेको जनाएको छ ।
रियलले जिदानको निर्णयलाई सम्मान गरिने समेत जनाएको छ ।
'रियल मड्रिड प्रशिक्षक जिदानले क्लबको मुख्य प्रशिक्षक अन्त्य गर्ने निर्णय गरेको घोषणा गर्दछ,' रियलले भनेको छ, 'हामीले उनको निर्णयमा सम्मान गर्नैपर्छ । जिदानपार्टी हामी आभार व्यक्त गर्दछौं । जिदान रियल मड्रिडका आइकन मध्ये एक हुन् ।'
जिदान सन् २०१९ मा रियलका मुख्य प्रशिक्षक बनेका थिए । प्रशिक्षक सान्टीयागो सोलारीलाई बर्खास्त गर्दै रियलले जिदानलाई प्रशिक्षक नियुक्त गरेको थियो ।
त्यसअघि जिदानले २०१६ देखि १८ सम्म रियलको टिम हेरेका थिए ।
जिदानको नेतृत्वमा रियलले ३ पटक च्याम्पियन्स लिग र २ ला लिगा जितेको छ ।
यस्तै उनले रियललाई २ पटक युएईएफए सुपर कप, २ पटक क्लब विश्वकप र २ पटक स्पेनिस सुपर कप जिताएका छन् ।
यस सिजन भने रियल ला लिगामा दोस्रो स्थानमा रहेको थियो ।
यस्तै च्याम्पियन्स लिगमा क्वाटरफाइनलसम्म मात्र पुगेको थियो ।