ड्यानी र पाउलोले छाडे टोटेनहम
बिहिबार, १३ जेठ २०७८खेलपाटी संवाददाता

एजेन्सी । डिफेन्डर ड्यानी रोज र गोलकिपर पाउलो गाज्जानिगाले टोटेनहम छाडेका छन् ।
टोटनहमले बिहीबार ड्यानी र पाउलोले क्लब छाडेको पुष्टि गरेको छ ।
३० वर्षीय इंग्लिस डिफेन्डर ड्यानी १४ वर्ष क्लबमा बिताएर टोटनहम छाडेका हुन् ।
गत सिजन भने उनले न्युकासलबाट लोनमा खेलेका थिए ।
अर्जेन्टिनाका गोलकिपर पाउलोले यस सिजन इल्चेबाट लोनमा खेलेका थिए ।
पाउलो सन् २०१७ मा टोटेनहम आएका थिए ।






-1768893498186.jpeg&w=3840&q=75)



-1768897962219.jpg&w=3840&q=75)



-1768819663565.jpeg&w=3840&q=75)