एजेन्सी । जर्मन क्लब बायर्न म्युनिखले युवा डिफेन्डर ओमर रिचर्ड्सलाई अनुबन्ध गरेको छ ।
जर्मन च्याम्पियन बायर्नले इंग्ल्यान्डको च्याम्पियनसिप क्लब रिडीङबाट फ्री ट्रान्सफरमा रिचर्ड्सलाई अनुबन्ध गरेको छ ।
लेफ्ट ब्याक रिचर्ड्सले बायर्नसँग २०२५ सम्मको सम्झौता गरेका छन् ।
'हामी खुसी छौ रिचर्ड्स बायर्न आउदैछन्,' क्लबका खेल निर्देशक हसनले भने, 'लेफ्ट डिफेन्समा खेल्ने उनी राम्रा खेलाडी हुन् । उनी सचेत छन् र टिममा राम्रो गर्ने विश्वास छ ।'
२३ वर्षीय डिफेन्डरले यस सिजन रिडीङबाट ३८ खेल खेलेका थिए ।
फुलहमको एकेडेमीमा हुर्किएका रिचर्ड्स सन् २०१६ मा रिडीङ आएका थिए ।