एजेन्सी । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले एसी मिलानका फरवार्ड ज्लाटन इब्राहिमोविचलाई जरिवाना गरेको छ ।
एक बेटीङ कम्पनिसँग संग्लग्नता पाईएछि युईएफएले इब्राहिमोविचलाई ५० हजार युरो जरिवाना गरेको हो ।
माल्टाको बेटीङ वेबसाइट बेटहार्डमा इब्राहिमोविचको १० प्रतिशत लगानी रहेको बताईएको छ ।
यस्तै युईएफएले एसी मिलानलाई समेत २५ हजार जरिवाना तोकेको छ ।
स्विडेनका भेट्रान फरवार्डले यसै साता मिलानसँग नयाँ सम्झौता गरेका थिए ।
सम्झौतासँगै इब्राहिमोविच २०२१/२२ को सिजनसम्म मिलानमा रहने छन् ।
४० वर्षीय फरवार्ड सन् २०१९ मा मिलान आएका थिए ।