एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका फरवार्ड मार्कुस राषफोर्डलाई जातीय दुर्व्यवहार भएको छ ।
सामाजिक संजालबाट राषफोर्डलाई दुर्व्यवहार भएको हो ।
राषफोर्डले सामाजिक संजालबाट आफुलाई कम्तिमा ७० अपमानजनक सन्देशहरु आएको बताएका छन् ।
बुधबार राति युरोपा लिगको फाइनलमा पराजित भएपछि उनलाई अपमानजनक सन्देश आएको हो ।
फाइनलमा युनाईटेड भिल्ला रियलसँग पेनाल्टी सुटआउटमा ११-१० ले पराजित भएको थियो ।
इंग्लिस फरवार्ड राषफोर्डले आफुलाई प्राप्त अपमानजनक सन्देशहरु अस्वीकार्य भएको बताएका छन् ।
पछिल्लो समय प्रिमियर लिगका खेलाडीमाथि दुर्व्यवहारको घटना बढिरहेको छ ।
राषफोर्डलाई यस अघि पनि पटक पटक दुर्व्यवहार भएको छ ।