एजेन्सी । इटालियन क्लब इन्टर मिलानका मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेले क्लब छाडेका छन् ।
इटालियन प्रशिक्षक कोन्टेले क्लबसँगको आपसी समझदारीमा क्लब छाडेका हुन् ।
कोन्टेले यस सिजन इन्टरलाई ११ वर्षपछि सिरी 'ए' उपाधि दिलाएका थिए ।
तर, ५१ वर्षीय कोन्टेले सम्झौता नसकिदै क्लब छाडेका हुन् ।
गत सिजन क्लब आएका उनको सम्झौता २०२२ सम्म रहेको छ ।
इंग्लिस क्लब चेल्सीबाट बर्खास्तमा परेपछि कोन्टे इन्टरको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।
पछिल्लो समय कोन्टे स्पेनिस क्लब रियल मड्रिड र इंग्लिस क्लब टोटेनहमसँग जोडिएका छन् ।
