एजेन्सी । लिभरपुलका मिडफिल्डर जर्जिन्हो वाइनाल्डम स्पेनिस क्लब बार्सिलोनामा अनुबन्धित हुने भएका छन् ।
डच मिडफिल्डर वाइनाल्डमले बार्सिलोनासँग मौखिक सहमति गरिसकेको स्पेनिस मिडियाले जनाएको छ ।
वाइनाल्डमले बार्सिलोनासँग २०२४ सम्म बस्ने गरि सहमति जनाएको बताईएको छ ।
३० वर्षीय मिडफिल्डर र बार्सिलोनाबीच केहि दिनमा औपचारिक सम्झौता हुने बताईएको छ ।
वाइनाल्डमले यस सिजनको अन्त्यसँगै लिभरपुल छाडेका हुन् ।
उनलाई अनुबन्धका लागि बायर्न म्युनिखले समेत इच्छा देखाएको थियो । तर, वाइनाल्डमले बार्सिलोना रोजेको बताईएको छ ।
वाइनाल्डम न्युकासलबाट सन् २०१६ मा लिभरपुल आएका थिए ।