एजेन्सी । रियल मड्रिडका फरवार्ड करिम बेन्जिमा फ्रान्स आईपुगेका छन् ।
युरोकपको लागि फ्रान्सको टिममा पुनरागमन गरेपछि बेन्जिमा फ्रान्स आईपुगेका हुन् ।
फ्रान्सले गत मंगलबार घोषणा गरेको युरोकप खेल्ने २६ सदस्सीय टिममा बेन्जिमा अटाएका थिए ।
फरवार्ड बेन्जिमा ६ वर्षपछि फ्रान्सको टिममा परेका हुन् ।
बेन्जिमा २०१५ बाट राष्ट्रिय टिम बाहिर रहदै आएका थिए ।
उनी यौनकाण्डमा मुछिएपछि टिम बाहिर रहदै आएका थिए ।
३३ वर्षीय बेन्जिमाले पूर्व टिम मत माथियुलाई यौन भिडियो पठाएर ब्लाकमेल गरेको आरोप लागेको थियो ।
तर, उनले आरोपलाई नकार्दै आएका छन् ।
युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ ।
यस पटकको युरोकप युरोपका विभिन्न ११ शहरमा हुँदैछ ।
