एजेन्सी । युरोपा लिग फुटबलको फाइनल खेल आज राति हुँदैछ ।
उपाधिका लागि इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड र स्पेनिस क्लब भिल्ला रियलबीच प्रतिस्पर्धा हुनेछ ।
पोल्याण्डको पोल्साट एरिनामा हुने उपाधि भिडन्त राति १२:४५ बजे सुरु हुनेछ ।
आज युनाईटेड र भिल्ला जित निकाल्दै उपाधि जित्ने योजनासहित मैदान उत्रने छन् ।
युनाईटेडले पछिल्लो चार वर्ष यता कुनैपनि उपाधि जित्न सकेको छैन ।
भिल्ला रियललाई हराएर युनाईटेड उपाधिको खडेरी तोड्न चाहन्छ ।

यस्तै युनाईटेड दोस्रो पटक उपाधि जित्न चाहन्छ । युनाईटेडले सन् २०१७ मा युरोपा लिग जितेको थियो ।
भिल्ला भने पहिलो पटक युरोपा लिग जित्ने योजनामा हुनेछ ।
भिल्लाले अहिलेसम्म उपाधि जित्न सकेको छैन ।
भिल्लाले सेमिफाइनलमा आर्सनललाई समग्रमा २-१ ले हराएर फाइनलमा स्थान पक्का गरेको छ ।
त्यसैले भिल्ला फाइनलमा पनि अर्को इंग्लिस क्लबलाई हराउने योजनामा हुनेछ ।
युनाईटेडले सेमिफाइनलमा इटालियन क्लब रोमालाई समग्रमा ८-५ ले हराएको थियो ।