एजेन्सी । चेल्सीका कप्तान सेजर एज्पिलिक्वेटाले पाएको रातो कार्ड फिर्ता भएको छ ।
प्रिमियर लिग अन्तर्गत आइतबार एस्टन भिल्लाविरुद्धमा खेलमा कप्तान सेजरले रातो कार्ड पाएका थिए ।
तर, सेजरको अपिलपछि रातो कार्ड फिर्ता भएको हो ।
एस्टनका मिडफिल्डर ज्याक ग्रालिसलाई फउल गरेपछि उनले ८९ औं मिनेटमा रातो कार्ड पाएका थिए ।
भिल्ला पार्कमा भएको उक्त खेलमा चेल्सी २-१ ले पराजित भएको थियो ।
सिजनको अन्तिम खेलमा पराजित भएपनि चेल्सी चौंथो स्थानमा रहदै च्याम्पियन्स लिगमा छनोट भएको थियो ।
