एजेन्सी । इंग्ल्यान्डले युरोकप फुटबलका लागि प्रारम्भिक चरणको राष्ट्रिय टिम घोषणा गरेको छ ।
मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले प्रारम्भिक चरणमा ३३ सदस्सीय टिमको घोषणा गरेको हो ।
इंग्ल्यान्डले युरोकपका लागि २६ सदस्सीय टिमको घोषणा भने जुन १ मा गर्ने जनाएको छ ।
युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ ।
यस पटकको युरोकप युरोपका विभिन्न ११ शहरमा हुँदैछ ।
युरोकपमा इंग्ल्यान्ड समूह 'डी' मा रहेको छ ।
यस समूहमा इंग्ल्यान्डसँगै क्रोएसिया, स्कटल्याण्ड र चेक रिपब्लिक रहेका छन् ।
