काठमाडौं । फुटबल खेलाडी मोहन तरामु मगरको उपचारमा आर्थिक अभाव भएको छ ।
काठमाडौंको ग्राण्डी हस्पिटलमा उपचार गराईरहेका मोहनको उपचारमा आर्थिक अभाव भएको हो ।
आरसिटी क्लब र श्री कुमारी क्लबका खेलाडी मोहनको उपचारमा आर्थिक अभाव भएपछि फुटबल समर्थकहरुले आर्थिक संकलन सुरु गर्दै सहयोगको अपिल गरेका छन् ।
गुल्मीका बासिन्दा मोहन पौडी खेल्ने क्रममा दुर्घटनामा परेका थिए । दुर्घटनामा परेपछि उनलाई उपचार्थ बुटवल लगिएको थियो । बुटवलले उनलाई ग्राण्डी हस्पिटलमा रिफर गरेको हो
टाउको र घाँटीको चोटको कारण उनको शरीरको तल्लो भागमा प्यारालाइसिस भएको बताईएको छ ।
२५ वर्षीय मोहनले गत सिजन आरसिटीबाट 'बी' डिभिजन लिग खेलेका थिए ।
मोहनको उपचार्थ सहयोग गर्न -
Sagar Thapa (Resunga Indoor Footsal Academy)
Esewa number:9867329709
NMB Bank account: 0170059921600011
Account Holder Name: Sagar Thapa