एजेन्सी । जर्मनीले राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा हन्सी फ्लिक्सलाई नियुक्त गरेको छ ।
जर्मनीले मंगलबार जर्मन क्लब बायर्न म्युनिखका पूर्व प्रशिक्षक समेत रहेका फ्लिक्सलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
फ्लिक्सले जर्मनीसँग २०२४ सम्मको सम्झौता गरेका छन् ।
फ्लिक्सले युरोकपपछि जर्मनी टिम सम्हाल्ने छन् ।

युरोकपसम्म जर्मनीको टिम जोचिम लेउले सम्हाल्ने छन् ।
युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ ।
फ्लिक्सले यस सिजनको अन्त्यसँगै बायर्नसँगको सम्झौता टुंगाएका थिए ।
बायर्न म्युनिखले पनि जुलियन नागेल्समानलाई मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ ।