एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिचले क्लबसँग नयाँ सम्झौता गरेका छन् ।
प्ले मेकर मोड्रिचले मंगलबार रियलसँगको सम्झौतामा नवीकरण गरेका हुन् ।
नयाँ सम्झौतासँगै मोड्रिच सन् २०२२ को जुन ३० सम्म रियलमा रहने छन् ।
'रियल मड्रिड एफसी र लुका मोड्रिच सम्झौता बढाउन सहमत भएका छौँ । उनी २०२२ को जुन ३० सम्म क्लबमा हुने छन्,' रियलले भनेको छ ।
३५ वर्षीय क्रोएसियन मिडफिल्डर मोड्रिच सन् २०१२ मा इंग्लिस क्लब टोटेनहमबाट रियल आएका थिए ।
३० मिलियनमा स्पेनिस राजधानी आएका मोड्रिचले क्लबका लागि ३ सय ९१ खेल खेलिसकेका छन् । जसमा २८ गोल र १६ असिस्ट रहेको छ ।
रियलका लागि उनले चार पटक च्याम्पियन्स लिग, २ ला लिगा जितेका छन् ।
यस्तै एक पटक कोपा डेल रे र ३ पटक फिफा क्लब विश्वकप जितेका छन् ।
