एजेन्सी । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो इटालियन क्लब युभेन्ट्ससँगको सम्झौता नवीकरणका लागि छलफल गर्न तयार भएका छन् ।
युभेन्ट्स च्याम्पियन्स लिगका लागि छनोट भएपछि रोनाल्डो सम्झौता नवीकरणका लागि छलफल गर्न तयार भएका हुन् ।
स्ट्राइकर रोनाल्डोको क्लबसँगको सम्झौता अझै एक वर्ष बाँकी रहेको छ ।
तर, रोनाल्डोले च्याम्पियन्स लिगमा छनोट नभएको स्थितिमा क्लब छाड्ने मनसाय बनाएका थिए ।
सिरी 'ए' अन्तर्गत सिजनको अन्तिम खेलमा जित निकालेपछि युभेन्ट्सले चौंथो स्थानमा रहेर सिजनको अन्त्य गरेको थियो ।
चौंथो स्थानमा रहेसँगै युभेन्ट्सले च्याम्पियन्स लिगको समूह चरणमा स्थान पक्का गरेको थियो ।
अघिल्लो पटकको च्याम्पियन युभेन्ट्सले यस पटक भने शीर्ष चारमा पर्न संघर्ष गर्नु परेको थियो ।
तर, युभेन्ट्सले यस सिजन कोपा इटालिया जितेको थियो ।
३६ वर्षीय रोनाल्डोले व्यक्तिगततर्फ भने गोल्डेन बुट जितेका छन् ।
रोनाल्डोले ३३ खेलमा २९ गोल गर्दै गोल्डेन बुट जितेका हुन् ।
रोनाल्डोले च्याम्पियन टिम इन्टर मिलानका रोमेलु लुकाकुलाई पछि पारेका थिए ।