एजेन्सी । म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डीओलाले 'एलएमए म्यानेजर अफ दि इयर' अवार्ड जितेका छन् ।
स्पेनिस प्रशिक्षक ग्वार्डीओलालाई लिग म्यानेजर्स एसोसिएसनले वर्ष प्रशिक्षक अवार्ड प्रदान गरेको हो ।
ग्वार्डीओलाले यस सिजन सिटीलाई प्रिमियर लिगको उपाधि दिलाएका थिए ।
ग्वार्डीओलाले सिटीलाई चार वर्षमा तीन पटक लिगको उपाधि दिलाएका हुन् ।
सिटीले यस सिजन काराबाओ कपको उपाधि समेत जितेको थियो ।
सिटी च्याम्पियन्स लिगको फाइनलमा समेत पुगेको छ । सिटीले उपाधिका लागि चेल्सीसँग खेल्नेछ ।
महिलातर्फ चेल्सीका प्रशिक्षक इमा हेएसले 'एलएमए म्यानेजर अफ दि इयर' अवार्ड जितिन् ।