एजेन्सी । स्पेनिस क्लब रियल बेटिसका कप्तान जोआक्विनले क्लबसँग नयाँ सम्झौता गरेका छन् ।
पूर्व स्पेनिस मिडफिल्डर समेत रहेका जोआक्विनले क्लबसँग थप एक वर्ष क्लबले रहने गरि सम्झौता गरेका हुन् ।
नयाँ सम्झौतासंगै जोआक्विनले ४० वर्षको उमेरसम्म ला लिगा खेल्ने भएका छन् ।
३९ वर्षीय जोआक्विन जुलाईमा ४० वर्ष पुग्ने छन् ।
जोआक्विन ला लिगामा गोल गर्ने सर्वाधिक बुढा खेलाडी हुन् ।
गत मार्चमा एल्भेसविरुद्ध उनले ३९ वर्ष ७ महिना ५ दिनको हुँदा गोल गरेका थिए ।
जोआक्विनले गत सिजन ३० खेल खेलेका थिए ।
उनले भ्यालेसिया र मालागाबाट समेत खेलिसकेका छन् ।
ला लिगामा उनले हालसम्म ५ सय ७९ खेल खेलेका छन् ।
