एजेन्सी । फरवार्ड हल रोबसन-कानु युरोकप खेल्ने वेल्सको टिमबाट बाहिरिएका छन् ।
वेस्ट ब्रुमका फरवार्ड रोबसन वेल्सको २८ सदस्सीय टिमबाट बाहिरिएका हुन् ।
३२ वर्षीय रोबसन पोर्चुगलको प्रशिक्षण क्याम्पबाट बाहिरिएका हुन् ।
रोबसनले गत वर्ष सन्यास फिर्ता लिदै अन्तराष्ट्रिय फुटबलमा फर्किएका थिए ।
रोबसन सन् २०१६ को युरोकपमा वेल्सका लागि नायक बनेका थिए ।
उक्त संस्करणमा बेल्जियमविरुद्धको क्वाटरफाइनलमा गोल गरेका थिए ।
सन् २०१६ को युरोमा वेल्स अन्तिम चारसम्म पुगेका थिए ।
यस वर्ष आयोजना हुने युरोकपका लागि भने वेल्सले टिमको घोषणा गरेको छ ।