एजेन्सी । कप्तान सर्जियो रामोस स्पेनको राष्ट्रिय फुटबल टिमबाट बाहिरिएका छन् ।
चोटका कारण रामोसलाई बाहिर राख्दै स्पेनको राष्ट्रिय टिम घोषणा गरिएको छ । टिमबाट बाहिरिएसंगै रामोसले आसन्न युरोकप गुमाउने भएका छन् ।
रामोस स्पेनका सबैभन्दा अनुभवी खेलाडी हुन् । उनले स्पेनबाट सर्वाधिक १ सय ८० क्याप जितेका छन् ।
रामोसले युरो कप छनोटका १० मध्य ९ खेलमा मैदान उत्रिएका थिए । उनी सन् २००८ मा युरो कप स्पेनले जित्दा टिमका मुख्य सदस्य थिए ।
मुख्य प्रशिक्षक लुईस एनरिकेले अनुभवी कप्तानलाई बाहिर राख्दै २६ सदस्यीय युरो कपका लागि टिम घोषणा गरेका छन् ।

रामोसले गत जनवरीमा घुँडाको सल्यक्रिया गरेका थिए । उनी यस वर्ष ला लिगाका मात्र दुई खेलमा उपस्थित रहे ।
‘यो निकै कठिन निर्णय हो । तर रामोस अहिले प्रतिस्पर्धा वा प्रशिक्षण गर्न सक्षम छैनन् ।’ खेलाडी सार्वजनीक गर्दै प्रशिक्षक एनरिकेले भनेका छन् ।
‘म रामोसलाई टिममा चाहन्छु । तर मलाई लाग्दैन यो व्यवहारिक हुन्छ । उनी प्रतिस्पर्धा गर्ननै असमर्थ रहेका छन् ।’ उनले थपे ।
रामोस यस वर्ष रियल मड्रिडबाट मैदान उत्रदा च्याम्पियन्स लिगको सेमिफाईनलको दोस्रो लेगमा २–० ले पराजित बनेको थियो । उनी निकै निराश र फिट नभएको देखिन्थे ।
यस महिनाको सुरुवातमा फ्रान्सको नागरिकता त्याग्दै स्पेन आएका म्यान्चेष्टर सिटीका सेन्टर ब्याक आयमेरिक लापोर्ट भने टिममा समावेश भएका छन् ।
सिटीले यस सिजन एक मात्र प्रिमियर लिगको खेलमा सुरुवाती रोजाईमा मैदान उतारेका एरिक गार्सियालाई समेत टिममा राखिएको छ ।
रियल मड्रिडका रामोसले यस सिजन ला लिगामा १५ खेल मात्र खेलेका छन् ।
स्पेनको टिममा रियलका कुनैपनि खेलाडी अटाएका छैनन् ।
युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ ।
यस पटकको युरोकप युरोपका विभिन्न ११ शहरमा हुँदैछ ।
स्पेन समूह ई मा रहेको छ । यस समूहमा स्विडेन, पोल्याण्ड र स्लोभाकिया रहेको छ ।
