एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर केलियन एमबाप्पे फ्रेन्च लिग वान फुटबलको गोल्डेन बुट अवार्ड जितेका छन् ।
लिग वान फुटबलमा यस सिजन सर्वाधिक गोलकर्ता बन्दै एमबाप्पेले गोल्डेन बुट अवार्ड जितेका हुन् ।
एमबाप्पेले लियोनका मेम्फिस डिपेलाई पछि पार्दै यस अवार्ड जितेका हुन् ।
एमबाप्पेले यस सिजन ३० खेलमा २७ गोल गरे । डिपेले २० गोल गरे ।
फ्रान्सका स्ट्राइकर एमबाप्पेले लगातार तेस्रो वर्ष गोल्डेन बुट अवार्ड हात पारेका हुन् ।
