एजेन्सी । युभेन्ट्सका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले इटालियन सिरी 'ए' फुटबलको गोल्डेन बुट अवार्ड जितेका छन् ।
सिरी 'ए' फुटबलमा यस सिजन सर्वाधिक गोलकर्ता बन्दै रोनाल्डोले गोल्डेन बुट अवार्ड जितेका हुन् ।
रोनाल्डोले च्याम्पियन टिम इन्टर मिलानका रोमेलु लुकाकुलाई पछि पार्दै गोल्डेन बुट अवार्ड जितेका हुन् ।
रोनाल्डोले यस सिजन ३३ खेलमा २९ गोल गरे । उनले ३ असिस्ट समेत गरे । लुकाकुले ३६ खेलमा २४ गोल गरे ।

यससँगै रोनाल्डोले युरोपको शीर्ष तीन लिगमा गोल्डेन बुट अवार्ड जित्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका छन् ।
रोनाल्डोले यस अघि प्रिमियर लिग र ला लिगामा गोल्डेन बुट जितिसकेका छन् ।
रोनाल्डो युरोपको शीर्ष तीन लिग र लिग कपको उपाधि जित्ने पहिलो खेलाडी हुन् ।
यस्तै रोनाल्डो युरोपको शीर्ष तीन फरक क्लब र राष्ट्रका लागि १०० गोल पूरा गर्ने पहिलो खेलाडी समेत हुन् ।
