एजेन्सी । फ्रेन्च लिग वन फुटबल अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा पीएसजीले ब्रेस्टलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले एक गोल गरे । एक गोल आत्मघाती उपहार पाएको थियो ।
खेलको १९ औं मिनेटमा पीएसजीका नेयमारले पेनाल्टीमा गोल गर्न सकेनन् ।

तर, ३७ औं मिनेटमा ब्रेस्टका रोमेनले आत्मघाती गोल गरेपछि पीएसजी १-० ले अघि रह्यो ।
त्यसपछि खेलको ७१ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई २-० को जित दिलाए ।
अन्तिम खेलमा जित निकालेपनि पीएसजी उपाधि रक्षा गर्न भने असफल भएको छ ।
पीएसजी लिलसँग १ अंकले पछि पर्दै उपाधिबाट बन्चित बनेको हो ।
दोस्रो स्थानमा रहेको पीएसजीले यस सिजन ८२ अंक जोड्यो ।
ब्रेस्ट ४१ अंक जोडेर १७ औं स्थानमा रह्यो ।