एजेन्सी । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबल अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा जित निकालेको छ ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले इबरलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा एन्टोनी ग्रीजम्यान नायक बने । उनले खेलमा निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८१ औं मिनेटमा ग्रीजम्यानले निर्णायक गोल गरेका हुन् ।

यस जितसँगै बार्सिलोनाले सिजनको सुखद अन्त्य गरेको छ ।
बार्सिलोना यस सिजन तेस्रो स्थानमा रह्यो । बार्सिलोनाले ३८ खेलमा ७९ अंक जोड्यो ।
इबर भने पुछारमा रहदै रेलिगेसनमा परेको छ ।
इबरले यस सिजन ३० अंक जोड्यो ।